२०२३ को पहिलो त्रैमासमा कियाले तीन नयाँ मोडलको गाडी भित्र्याउदैँ

काठमाडाैं | पुस ५, २०७९

२०२३ को पहिलो त्रैमासमा कियाले तीन नयाँ मोडलको गाडी भित्र्याउदैँ

काठमाडौं: कियाले सन् २०२३ को पहिलो त्रैमासमा तीन वटा नयाँ मोडलको गाडी भित्र्याउने भएको छ। 


किया मोटर्सले भारतबाट ७ सिटर क्यारेन्स र नयाँ स्पोर्टेज त्यस्तै कोरियाबाट विद्युतीय निरो इभी भित्र्याउने भएको हो।


 भारतबाट भित्रने गाडीहरू सन् २०२३ को पहिलो त्रैमासमा सार्वजनिक गरिनेछ भने कोरियाबाट भित्रने गाडी ढिलोमा सन् २०२३ को दोस्रो त्रैमासमा सार्वजनिक गरिनेछ। 


यी बाहेक कम्पनीले हाल बजारमा उपलब्ध मोडलहरू पनि भित्र्याउँदैछ। 


किया मोटर्सको लागि नेपालको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज रहेको छ। कम्पनीले वार्षिक दुई हजार वटाभन्दा बढी कियाको विभिन्न मोडल बिक्री गर्दैछ। त्यस्तै औसतमा मासिक दुई सय वटा र विशेष अवसरमा बढी गाडी बिक्री हुने कम्पनीले जनाएको छ । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्